images
images
  • देश दौडाहामा प्रचण्ड : बिहानै रारा घुमघाम, दिउँसो जुम्लाको आमसभालाई सम्बोधन

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमवार बिहान मुगुको रारा ताल पुगेका छन् ।

    रारा घुमेर प्रचण्ड जुम्ला जाने कार्यक्रम छ । उनले जुम्लाको आम सभालाई सम्बोधन गरी काठमाडौं फर्किने कार्यतालिका बनाएको प्रचण्डको सचिवालयले जनाएको छ ।

    सोमवार बिहान मात्रै प्रचण्ड छोरी गंगा दाहाल र सुरक्षा गार्डसहित काठमाडौंबाट नेपालगञ्ज गएका थिए । त्याहाँबाट हेलिकप्टरमार्फत उनी रारा पुगेका हुन् ।

    रारामा घुमघाम बाहेकका अन्य कार्यक्रम नरहेको मुगुका प्रमुख जिल्ला अधिकारीले जनाकारी दिएका छन् ।

    रारा ताल क्षेत्रमा केही समय बिताएर उनी आजै जुम्लाको कनकासुन्दरी गाउँपालिका पुग्ने छन् । उनले त्यहाँ पार्टीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

    पूर्वप्रधानमन्त्री प्रचण्ड आजै काठमाडौं फर्किने र विपक्षी दलहरुको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने कार्यतालिका रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images