images
images
  • कर्णाली प्रदेश सभा बैठक आज दिउँसो १ बजे, नीति तथा कार्यक्रम पारित गरिदै


    सुर्खेत । कर्णाली प्रदेश सरकारले असार १ गते बजेट ल्याइसक्नुपर्ने संवैधानिक प्रावधानका कारण आजै नीति तथा कार्यक्रम पारित गरेर बजेट ल्याउन लागेको छ । कर्णालीमा प्रतिपक्ष एमालेको अवरोधका कारण सोमबार नीति तथा कार्यक्रम पारित हुन नसकेपछि आज पारित गर्न लागिएको हो । बैठक दिउँसो १ बोलाइएको छ ।

    प्रदेशसभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीका अनुसार सोमबार नीति तथा कार्यक्रम पारित र मुख्यमन्त्रीले नीति तथा कार्यक्रम माथिको छलफलको बारेमा जवाफ दिने कार्यक्रम बाँकी रहेको छ ।

    आजको कार्यसूचीअनुसार दिउँसो १ बजे सदन चल्नेछ । त्यसपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नीति तथा कार्यक्रम माथि उठेका विषयको जवाफ दिनेछन् भने त्यसपछि नीति तथा कार्यक्रम पारित गरिनेछ ।

    यस्तै अपराह्न ४ बजे संसदमा आर्थिक बर्ष २०७८र७९ को बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको सचिव बुढाथोकीले रातोपाटीलाई जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images