images
images
  • सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड : तोलाको एक लाख ६२ हजार नाघ्यो, अझै कतिसम्म बढ्ला ?

    काठमाडौँ । नेपालमा सुनको भाउले एक लाख ६२ हजार रुपैयाँ नाघेको छ ।

    स्थानीय बजारमा बिहीवार सुनको मूल्य तोलामा रु ६०० ले वृद्धि भइ १ लाख ६२ हजार ४०० रुपैयाँ पुगेको छ । यो नेपालको इतिहासमा अहिलेसम्मकै उच्च मूल्य हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन गत असोज ३० गते एक लाख ६१ हजार आठ सयमा कारोबार भएकामा कात्तिक १ गते भने रु एक लाख ६२ हजार चार सय निर्धारण भएको छ ।

    चाँदीको मूल्य भने आज स्थिर रहेको छ । चाँदी प्रतितोला रु एक हजार नौ सय ५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    नेपाली बजारमा सुनको मूल्य दुई लाख रुपैयाँसम्म पुग्ने अनुमान गरिएको छ । सुनको मूल्य बढ्दा सुनपसलहरु सुनसान छन् भने महिलाहरु नक्कली गहनाप्रति आकर्षित भइरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images