काठमाडौं । भारतबाट आयात गरिएको ८५ हजार किलो चामल भारतमै फिर्ता गरिएको छ ।
परीक्षणका क्रममा चामलमा क्षतिग्रस्त दानाको मात्रा धेरै (न्युनस्तर) पाइएपछि भारतमै फिर्ता गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।
दशैंको समयमा भन्सारमा आइपुगेको चामल नेपालगञ्ज एकीकृत जाँच चौकीस्थित खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले परीक्षण गर्दा नेपाल सरकारको चामलको लागि तोकेको अनिवार्य मापदण्ड नपुगेपछि उक्त चामल भारतमै फिर्ता पठाइएको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
हेर्नुहोस विज्ञप्ति

प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















