images
images
  • ४ दिनको अन्तरमा तोलामा १४०० रुपैयाँ बढ्यो सुनको भाउ, कीर्तिमानी मूल्यभन्दा ८०० रुपैयाँ कम

    काठमाडौं । पछिल्लो ४ दिनको अन्तरमा सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेको छ ।

    असोज २३ गते प्रतितोला १ लाख ५९ हजार १ सय रुपैयाँ रहेको सुनको मूल्य असोज २८ गते मंगलबार १ लाख ६० हजार ५ सय रुपैयाँ पुगेको छ ।

    असोज १८ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ६१ हजार ३ सय रुपैयाँ पुगेको थियो । कीर्तिानी मूल्यभन्दा मंगलवारको भाउ तोलामा ८०० रुपैयाँ कम हो ।

    चाँदी मूल्य पनि प्रतितोला २५ रुपैयाँ बढेको छ । २३ गते प्रतितोला १९०० रुपैयाँ रहेको चाँदीको भाउ २८ गते मंगलवारका दिन १९२५ रुपैयाँ कायम भएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा सुनको माग उच्च रहेकाले यसको मूल्य लगातार उकालो लागिरहेको छ । नेपालमा सुनको मूल्य छिट्टै २ लाख रुपैयाँ तोला पुग्ने अनुमान गरिएको छ ।

    सुनको मूल्य अत्याधिक वृद्धि भएसँगै सुनचाँदी पसलमा भीडभाड घटेको छ भने सुनका गहनाप्रति नेपाली महिला दिदी बहिनीहरुको मोह समेत भंग हुँदै गएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images