images
images
  • दसैं नसकिँदै सकियो दसैं बिदा, आजदेखि सबै सरकारी/गैरसरकारी कार्यालय खुल्ने

    काठमाडौँ । नेपालीहरुको महान चाड दसैँको सार्वजनिक बिदा मंगलबारदेखि सकिएको छ । जसअनुसार आज बुधवारदेखि सरकारीसहितका धेरैजसो नियोगका कार्यालयहरु पनि खुल्नेछन् ।

    सप्तमी अर्थात असोज २४ देखि सुरु भएको दसैं बिदामा बन्द भएका सम्पूर्ण कार्यालयहरु आज त्रियादशीका दिनदेखि खुल्न लागेका हुन् ।

    यसैबीच विजयादशमीको टीका जमरा लगाउने क्रम भने कात्तिक १ गते पूर्णिमासम्म अर्थात आज, भोलि र पर्सीसम्म नै जारी रहनेछ ।

    जसअनुसार आश्विन शुक्लपक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाउने क्रम चलिरहेको छ।

    यसै बीच गणतन्त्रपछिका सरकारले दसैं बिदामा धेरै ठूलो कटौति गरेको भन्दै सरकारी कार्यालयलाई खुला राख्दै दसैं बिदालाई पूर्णिमा सम्मै कायम राख्नुपर्ने आवाज पनि उठ्न थालेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images