images
images
  • कोरोना महामारीकैबीच आजदेखि नयाँ शैक्षिक सत्र सुरु

    काठमाडौँ । सरकारले कोरोना महामारीकै बीच नयाँ शैक्षिक सत्र आजदेखि सुरु गर्दैछ । विद्यालय तहको नयाँ भर्ना र शैक्षिक सत्र आजदेखि देशभर सुरु हुन लागेको हो ।

    परीक्षाहरु सञ्चालन गर्न नपाएपनि देशैभरका विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कनद्वारा नतिजा प्रकाशन गरिसकिएको र आजबाट नयाँ भर्ना सुरु हुने बताइएको छ । कक्षा १० सम्मका विद्यार्थीको लागि मात्रै नयाँ शैक्षिक सत्र सुरु गरिन लागेको हो । कक्षा १० को एसईई परीक्षा पनि नहुने र आन्तरिक मूल्यांकनकै आधारमा नतिजा प्रकाशन गरिने भएको छ ।

    यद्यपि अहिले पनि कोरोना संक्रमण घटेको छैन भने प्रायः देशैभरका जिल्लामा निषेधाज्ञा जारी छ । यसका कारण भौतिक उपस्थितिमा पठनपाठन वा भर्ना हुन नसके पनि वैकल्पिक माध्यमबाट सिकाइ सहजीकरणको बाटो अपनाउन निर्देशन दिइएको छ । प्रायः अनलाइन कक्षा वा दूरशिक्षा विकल्पका रुपमा अघि सारिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images