काठमाडौँ । साल्टट्रेडिङ कर्पोरेशनले आसन्न दसैं, तिहार, छठ तथा नेपालसंवत् पर्वलाई लक्षितगरी थप चिनी भित्र्याउन सुरु गरेको छ ।
यस क्रममा बुधबार कर्पोरेशनले भारतबाट ५० केजी परिमाण भएका दुई हजार दुई सय बोरा चिनी वीरगञ्जस्थित आफ्नो गोदामघरमा भित्र्याएको जनाएको छ ।
कर्पोरेशनले थप चिनीको परिणाम भित्रिन सुरु भएकाले आसन्न पर्वहरू एवं अन्य समयमा पनि चिनीको अभाव नहुने जनाएको हो ।
बजारमा चिनीको कालोबजारी र अभाव हुन नदिन साल्ट ट्रेडिङले भन्सार छुटमा चिनी ल्याएर विक्री वितरण गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्