काठमाडौं । सामाजिक अभियान्ता पुण्य गौतममाथि निर्घात कुटपिट भएको छ ।
सोमबार बेलुकी ९ बजे आसपास काठमाडौंको गोकर्णेश्वर स्थित उनको घर अगाडि गौतममाथि कुटपिट भएको हो ।
गौतममाथि कुटपिट भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले पुष्टि गरे । अपरिचित व्यक्तिले गौतममाथि कुटपिट गरी गम्भीर घाइते बनाएका हुन् ।
गौतमको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ। उनको टाउकोमा चोट लागेको र टाँका लगाइएको छ । उनको अहिले आइसियूमा राखेर उपचार भइरहेको छ ।
कसले के कारणले गौतममाथि आक्रमण गरेको हो भन्ने खुलिसकेको छैन । प्रहरीले कुटपिट गर्ने समूहलाई खोजी गरिरहेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्