images
images
  • एनआरएन यूकेको आर्थिक सहयोगमा काभ्रेका बाढी पिडितलाई राहत वितरण

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले काभ्रेको पनौतीका बाढी, डुबान तथा पहिरोबाट प्रभावित ४०१ परिवारका लागि राहत वितरण गरेको छ ।

    बाढी तथा डुबानका कारण प्रभावितहरूलाई गैरआवासीय संघ केन्द्र तथा राष्ट्रिय परिषद् यूकेको आर्थिक सहयोगमा खाद्य सामग्री, म्याट्रेस, त्रिपाल, सोलार बत्ती, प्राथमिक उपचार बक्स, लगायतका सामग्री वितरण गरिएको हो ।

    स्थानीय तहसँग समन्वयपश्चात वडा नम्बर १ का १२३ परिवार, २ का ५३ परिवार, ३ का २५ परिवार र १२ मा २०० परिवारलाई राहत वितरण गरिएको हो ।

    यसअघि संघले अविरल वर्षापछि आएको बाढी, डुबान तथा पहिरो प्रभावितका लागि एक करोड सहयोग गर्ने घोषणा गरेको थियो । जसअनुसार एनसीसी यूकेले १५ लाख सहयोग गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images