images
images
  • नेपालको पश्चिम क्षेत्रबाट मनसुन बाहिरिँदै, चिसो भित्रिँदै

    काठमाडौँ । यस वर्षको मनसुन आइतवारदेखि बाहिरिन थालेको छ । निर्धारित समयभन्दा चार दिनपछि मनसुन बाहिरन सुरु गरेको हो ।

    सुदूरपश्चिम प्रदेशलगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशका पश्चिमी भू–भागको थोरै स्थानहरूबाट मनसुन बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले बताए ।

    विभागको मौसम पूर्वानुमान महाशाखाले मनसुन बाहिरिन थालेपछि आगामी तीन दिन भने केही ठाउँमा वर्षाको सम्भावना रहेको जनाएको छ । आज कोशी, गण्डकी, बागमती र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भएको पनि जनाइएको छ ।

    केही दिनदेखि तापक्रम पनि घट्दै गएको छ । अब पश्चिमी वायुको सक्रियता बढ्दै जाने र थप चिसो पनि बढ्ने महाशाखाले जनाएको छ ।

    यस वर्ष नेपालमा गएको जेठ २८ गते मनसुन भित्रिएको थियो । एक दिन ढिला गरी भित्रिएको मनसुन चार दिन ढिला गरी बाहिरिन थालेको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images