images
images
  • एनएमबी बैंकले बोलायो मङ्सिर २५ मा साधारण सभा, सेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

    काठमाडौं – एनएमबी बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न मङ्सिर २५ गते ३१औँ वार्षिक साधारण सभा बोलाएको छ ।

    बैंकले शुक्रबार सार्वजनिक गरेको सूचनाअनुसार साधारण सभामा हाल कायम चुक्ता पुँजीको ७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गरिनेछ। उक्त लाभांशमा करसमेत समावेश छ ।

    यसैगरी, सभाले एनएमबी अविमोच्य असञ्चिति अग्राधिकार सेयरमा ८.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ। अग्राधिकार सेयरको लाभांशमा समेत कर समावेश गरिएको बैंकले जनाएको छ ।

    साधारण सभामा लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पेस हुनेछन् ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले मङ्सिर ११ गते सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । यसअनुसार मङ्सिर १० गतेसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले साधारण सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images