images
images
  • एनपीएलका आठै टोलीले अधिकतम मूल्य लगाउने एक्लो खेलाडी बने अनिल साह, भाग्यले जनकपुरमा आवद्ध

    काठमाडौं । क्रिकेटर अनिल कुमार साह पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को अक्सनमा आठै टोलीले अधिकतम मूल्य लगाउने एकमात्र खेलाडी बनेका छन् ।

    विकेट किपर एवं ब्याटर अनिललाई लक्कि ड्र मार्फत १५ लाख रुपैयाँमा जनकपुर बोल्ट्सले पाएको छ ।

    नेपाल क्रिकेट सङ्घ (क्यान)ले अनिलको न्यूनतम मूल्य १० लाख राखेका थिए । उनलाई किन्न अक्सनमा सबै आठ टोलीले प्रतिस्पर्धा गरेका थिए । जसमा अनिललाई ‘लक्की ड्र’मार्फत जनकपुरले पाएको हो ।

    जनकपुरमा आसिफ शेख मार्की खेलाडीका रूपमा रहेका छन् ।

    आगामी नोभेम्बर ३० देखि डिसेम्बर २१ तारिखसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उक्त प्रतियोगताको अक्सनमा करिब डेढ सयभन्दा बढी खेलाडी सहभागी छन् ।

    अक्सनको ग्रेड ‘ए’ न्यूनतम १० लाख र उच्चतम १५ लाख राखिएको छ भने ग्रेड ‘बी’मा न्यूनतम पाँच लाख र उच्चतम १० लाख छ । त्यस्तै, ग्रेड ‘सी’मा न्यूनतम दुई र उच्चतम पाँच लाख रुपैयाा तोकिएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images