
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर गुल्सन झा नेपाल प्रिमियर लिग (एनपील) मा कर्णाली याक्सबाट खेल्ने भएका छन् ।
उनलाई लुम्बिनी लायन्स बाहेक अन्य सबै ७ टोलीले अधिकतम मूल्य लगाए पछि लक्की ड्र मार्फत कर्णालीले पाएको हो ।
न्यूनतम मूल्य गुल्सनले १० लाख रुपैयाँ राखेका थिए । उच्चतम १५ लाख रुपैयाँमा ७ टोली पुगेका थिए ।
लुम्बिनीसँग भने ए श्रेणीका तीन खेलाडी हुँदा गुल्सनको नाममा सहभागी हुन पाएन ।
पछिल्लो दुई वर्षदेखि उनले नेपालको राष्ट्रिय टोलीबाट राम्रो प्रदर्शन गर्दै आएका छन् ।
नेपालको क्यानडा भ्रमणमा गुल्सनले राम्रो गरेका कारण उनी सबैको ध्यानमा तानिएका हुन् ।
कर्णाली याक्सका मार्की खेलाडी सोमपाल कामी हुन् । सोमपालसँगै गुल्सनले एनपीएल एउटै टोलीबाट खेल्ने पक्का भएको हो ।
प्रतिक्रिया दिनुहोस्