images
images
  • नेपाली कांग्रेस लमजुङका पूर्वसांसद अधिकारीको निधन

    काठमाडौँ । नेपाली कांग्रेस लमजुङका पूर्वसभापति एवं पूर्वसांसद हरिभक्त अधिकारीको निधन भएको छ ।

    सात वर्षदेखि मधुमेह, उच्च रक्तचापलगायतका रोगले थलिएर ओछ्यानमै रहेका अधिकारीलाई कोभिड सङ्क्रमण देखिएपछि जेठ २८ गते मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचारका लागि लगिएको थियो ।

    उनको आइतबार राति ११ बजे निधन भएको कांग्रेस लमजुङ–काठमाडौँ सम्पर्क समितिका सभापति प्रदीपराज अधिकारीले राससलाई जानकारी दिए ।

    विस १९९८ पुस २१ गते लमजुङको दुराडाँडामा जन्मिएका अधिकारी विसं २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा लमजुङ क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । स्व।अधिकारीका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images