काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ । सोमबार अर्थमन्त्रालयमा भेटवार्ता भएको हो ।
अर्थ मन्त्रालयमा भएको भेटका अवसरमा उनीहरुबीच आर्थिक तथा विकास सहायताको विषयमा छलफल भएको छ । यसका साथै चालू आयोजनाहरुको तीव्रता, दुई देशबीचको आपसी सम्बन्ध लगायतका विषयमा छलफल भएको छ ।
प्रतिक्रिया दिनुहोस्






















