images
images
  • पदाधिकारी बैठकमा देउवाको ब्रिफिङ: एमालेसँगको कुराकानी सकारात्मक छ

    काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेसँगको सम्बन्ध सुमधुर रहेको बताएका छन् ।

    आफ्नै निवास बुढानीलकण्ठमा जारी कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा देउवाले गत शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटवार्ता बारे बिफ्रिङ गर्दै एमालेसँगको सम्बन्ध सुमधुर रहेको र अहिले नै धेरै टिप्पणी नगर्न आग्रह गरेका छन् ।

    बैठकमा देउवाले ओलीसँग भएको कुराकानीको ब्रिफिङ गर्दै सकारात्मक कुराकानी भइरहेको बताएको बैठकमा सहभागी एक पदाधिकारीले  बताए ।

    शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेपछि तरंगित भएको राजनीतिक वृतमा कांग्रेस( एमालेको सरकार बन्ने चर्चा चलिरहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images