images
images
  • सुनको मूल्यमा एकपछि अर्को रेकर्ड, तोलाको कति पुग्यो?

    काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ३१ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एकैदिन तोलामा १८ सय रुपैयाँले बढेर कारोकार भईरहेको छ ।

    आज छापावाला सुन प्रतितोला १ लाख ३३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

    त्यस्तै तेजावी सुन तोलामा १ लाख ३२ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    आज चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला १ हजार ६ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images