images
images
  • सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बिहीबार विश्वासको मत लिने

    काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार विश्वासको मत लिने भएका छन् ।

    मुख्यमन्त्री शाहले प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने प्रयोजनका लागि सूचना दर्ता गराएपछि सभामुख भीम भण्डारीले २२ गते दिउँसो ३ बजेका लागि बैठक आह्वान गगरेका हुन् ।

    त्यसका लागि भोलि ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । केन्द्रमा सत्ता समीकरण फेरिएपछि गत २३ गते माओवादीले मुख्यमन्त्री शाहलाई दिएको समर्थन फिर्ता लिएको थियो । त्यसपछि अल्पमतमा परेका शाहले बिहीबार विश्वासको मत लिन लागेका हुन् ।

    अहिले कांग्रेसका १८, माओवादीका सभामुखसहित ११ एमालेका १०, नाउपाका ७, नेकपा एसका ४ साथै स्वतन्त्र र राप्रपाका १÷१ जना संसद छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images