images
images
  • दुग्ध किसानको बक्यौता तिर्न तत्काल रकम निकासा गर्दै अर्थ मन्त्रालय

    काठमाडौं । अर्थ मन्त्रालयले दुग्ध किसानको बक्यौता भुक्तानीका लागि शुक्रबार वा आइतबारसम्म दुग्ध विकास संस्थान (डीडीसी) लाई रकम भुक्तानी दिने भएको छ ।

    अर्थमन्त्री वर्षमान पुनले शुक्रबार राजस्व सचिव डा. रामप्रसाद घिमिरेसहित मन्त्रालयका उच्च अधिकारीलाई तत्कालै दूध किसानको बक्यौता भुक्तानी हुने गरी रकम निकासा गर्न निर्देशन दिएका हुन् ।

    कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहको पहलमा अर्थमन्त्रालयसँगको छलफलपछि तत्काललाई दुग्ध विकास संस्थानलाई ३० करोड रकम निकासा दिने सहमति भएको छ । साेही अनुसार सरकारले हालका लागि यो रकम भुक्तानी दिन लागेकाे हाे ।

    लामो समयदेखि सरकारले दूधको बक्यौता भुक्तानी नगरेपछि किसान आन्दोलित छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images