काठमाडौँ । विद्युतीय प्रणाली मार्फत हुने कारोबार तीन महिनामा करिब १० खर्बले बढेको छ । चालू आर्थिक वर्ष २०८०/८१ को माघ महिनामा मात्रै १० करोड ४८ लाख ६५ हजार ३३४ पटक विद्युतीय माध्यमबाट लेनदेन हुँदा ४५ खर्ब ४ अर्ब ३ करोड ९० लाख रुपैयाँको कारोबार भएको छ ।
गत कार्तिक महिनामा मात्रै ३५ खर्ब ४६ अर्ब ७३ करोड २० लाख रुपैयाँको विद्युतीय प्रणालीमार्फत कारोबार भएको थियो । जुन माघ मसान्तसम्म आइपुग्दा करिब १० खर्बले बढेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















