images
images
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा यथावत् राखिने

    काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ। भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि नेपाल आयल निगमले भने भाउ नबढाउने भएको छ।

    प्रेस विज्ञप्ति जारी गर्दै निगमले पेट्रोलमा प्रति लिटर ०.२१ र डिजेलमा ०.८५ रुपैयाँ बढेर आएको जनाएको छ। त्यस्तै एलपी ग्यासको मूल्य प्रति सिलिन्डर २१.६६ रुपैयाँ बढेर आएको छ। योसँगै प्रतिसिलिन्डर नोक्सानी ३२५.०९ रुपैयाँ पुगेको छ।

    तर, उपभोक्ताको हितलाई ध्यानमा राखेर हाललाई पेट्रोल, डिजेल/मट्टीतेल, हवाई इन्धन तथा एलपी ग्यासको मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।

    अहिले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६९.५० र डिजेलको मूल्य १५७.५० रुपैयाँ छ ।

    दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १७१ र डिजेलको मूल्य १५९ रुपैयाँ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images