images
images
  • जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रमा पुनर्निर्माण गर्न करिब ८० अर्ब खर्च लाग्छ : अर्थमन्त्री

    काठमाडौं। अर्थमन्त्री  प्रकशशरण महतले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा भौतिक संरचना पुनर्निर्माण गर्न करिब ७५ देखि ८० अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको बताएका छन्। ललितपुरमा आयोजित जाजरकोट रामीडाँडा भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणसम्बन्धी बृहत् अन्तरक्रिया कार्यक्रममा मन्त्री महतले भौतिक संरचना पुनर्निर्माणका लागि सरकारले हाल १० अर्ब रकम छुट्याएको उल्लेख गरेका हुन् ।

    तत्काल अस्थायी आवासका लागि सरकारले ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको पनि उनले जानकारी दिए । सो रकम छिटो नै स्थानीय तहमा पुग्ने उनले बताए।

    हालको स्रोतले भौतिक संरचना पुनर्निर्माणको लागि अपुग भएको उनको भनाई थियो। आफ्नो स्रोतबाहेक अन्य क्षेत्रबाट पनि रकम जुटाउन पहल भइरहेको मन्त्री महतले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images