images
images
  • सिन्धुलीका गणेश पहाडीको सिंहदरबार यात्रा

    काठमाडौं । एकताका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय खुब चर्चामा रहन्थ्यो । लालबाबु पण्डितले यो मन्त्रालयलाई चर्चामा ल्याएका थिए । प्रधानमन्त्री केपी ओलीले भरखरै विस्तार गरेको मन्त्रिपरिषदमा यो मन्त्रालयको कार्यभार सम्हाल्न पुगेका छन्, सिन्धुलीका गणेशकुमार पहाडी ।

    मन्त्रिमण्डल विस्तार गर्दैताका प्रधानमन्त्रीले कक्षा दिइसकेका छन्–चर्चामा आउने काम गर्नु, धेरै नबोल्नू भनेर । पहाडीले कर्मचारीलाई कसरी सम्हाल्छन्, त्यो त हेर्न बाँकी नै छ ।

    को हुन् पहाडी ?
    २०२७ असार ९ गते सिन्धुलीको साविक फिक्कल गाउँपालिका –४ स्थित खाङ्साङ्गमा जन्मिएका पहाडीका बुवाको नाम तुलसीराम पहाडी, आमाको नाम लक्ष्मी पहाडी ।

    २०३९ सालमा अनेरास्ववियू पाँचौबाट राजनीतिक यात्रा शुरु गरेका पहाडीले २०४७ सालमा तत्कालीन नेकपा एमालेको संगठित सदस्यता लिए । २०४८ सालमा सिन्धुली काठमाडौं सम्पर्क कमिटी नेकपा एमालेको संयोजक भए, उनी ।

    २०५४ सालमा सिन्धुली निर्विरोध गाविस अध्यक्ष भए । उनले २०५५ सालमा नेकपा माले जिल्ला कमिटीको जिम्मेवारी लिएका थिए । ०५६ सालमा सिन्धुली जिल्ला कमिटीको सदस्य भएका पहाडी २०६५ सालमा नेकपा एमाले सिन्धुलीको सचिव, ०६६ सालमा नेकपा एमाले सिन्धुली जिल्ला कमिटीको संयोजक भए । एमालेको आठौँ राष्ट्रिय महाधिवेशन पश्चात् नेकपा एमाले सिन्धुली क्षेत्र नम्बर १ को तर्फबाट राष्ट्रिय प्रतिनिधि परिषदमा २०६७ सालमा निर्वाचित भए, पहाडी ।

    एमालेको सातौं, आठौं र नवौं राष्ट्रिय महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको भूमिका निर्वाह गर्दै २०७१ सालमा भएको एमाले नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीमा निर्वाचित भए । उनले नेपाल कमर्श क्याम्पस मीनभवनबाट स्नातक, ईन्जिनियरिङ अध्ययन संथानबाट डिप्लोमा र पाटन क्याम्पसबाट स्नातकोत्तर गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images