images
images
  • टेरामक्स खरिद प्रकरणको अनुसन्धान गर्न अख्तियारलाई लेखा समितिको निर्देशन

    काठमाडौं । टेरामक्स खरिदमा अनियमितता देखिएको आशंका गर्दै संसदको सार्वजनिक लेखा समितिले यसको अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।

    समितिको आज बसेको बैठकले टेरामक्स प्रणाली खरिदबारे नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल टेलिकमलगायतका अधिकारीहरूसँग छलफल गरेपछि अख्तियारलाई निर्देशन दिएको हो । समितिले टेरामक्स खरिद प्रक्रियामा विभिन्न १५ वटा प्रश्न उठाएको छ ।

    समितिले यो प्रकरणको विस्तृत अनुसन्धान गर्न र हरेक ३० दिनमा प्रगति विवरण लेखा समितिलाई उपलब्ध गराउनसमेत अख्तियारलाई निर्देशन दिएको छ । समितिका सभापति ऋषिकेश पोखरेलले यो प्रकरणको अनुसन्धान गरी अनियमितता भेटिएमा कानुन बमोजिम अभियोजन गर्नका लागि निर्देशन दिइएको बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images