images
images
  • बालकृष्ण खाँणले बुझाए ३० लाखको बैंक ग्यारेन्टी

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी पूर्वगृहमन्त्री बालकृष्ण खाँणले धरौटी वापतको रकम अनुसारको बैंक ग्यारेन्टी बुझाएका छन् ।

    खाँणले शुक्रबार जिल्ला अदालत, काठमाडौंमा पुगेर बैंक ग्यारेन्टी बुझाएका हुन् ।

    बैंक ग्यारेन्टी बुझाएपछि जिल्ला अदालत काठमाडौँबाट उनलाई पुल्चोक लगिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराउन उनलाई पुल्चोक लगिएकाे हाे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images