images
images
  • अर्थतन्त्र सकारात्मक स्थितितर्फ अघि बढ्यो : अर्थमन्त्री

    काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मक दिशामा रहेको बताएका छन् । बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले अर्थतन्त्र पहिलेभन्दा धेरै सुधार भएको दाबी गरेका हुन् ।

    “मौद्रिक नीतिमा सहज गर्न केही समय लाग्यो । तर हामीले धेरै छलफलबाट मौद्रिक नीतिमा सहजता प्रदान गर्न सकियो,” उनले भने, “ठेक्कापट्टामा पनि चाँडो गर्न कार्यविधि बनाइरहेका छौँ । अहिले अर्थतन्त्र सकारात्मक स्थितितर्फ उन्मुख छ ।”

    अहिले पुँजीगत खर्च र राजस्व वृद्धिमा सुधार भइरहेको अर्थमन्त्री महतले बताए ।

    सेयर बजारमा मौद्रिक नीतिको समीक्षाले सकारात्मक प्रभाव पारेको उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images