images
images
  • काठमाडौंबाट लुक्ला उडेको तारा एयरको आपतकालीन ढोकाको सिसा खस्याे

    काठमाडौं । काठमाडौंबाट लुक्लाका लागि उडेको तारा एयरको जहाजको आपतकालीन ढोकाको सिसा खसेको छ ।

    तारा एयरको नाइन एन एएलओ कल साइनको जहाज बिहान ९ः३१ मा काठमाडौंबाट ११ सय २६ केजी सामान लिएर उडेको थियो । जहाजमा दुई जना प्यासेन्जर पनि थिए ।

    जहाजको आपतकालीन ढोकाको सिसा काठमाडौंबाट उड्ने क्रममा केही भएको थिएन । ल्याण्ड गरेपछि मात्रै पाइलटले त्यसबारे जानकारी पाएका थिए । सिसा बाटोमै खसेको आशंका गरिएको छ ।

    जहाज सकुसल अवतरण गरिएको बताइएकाे छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images