images
images
  • विराटनगरको कवाडी गोदाममा आगलागी हुँदा एक जनाको मृत्यु, ४ जना घाइते

    विराटनगर । मोरङको विराटनगरस्थित सातघुम्तीमा रहेको एक कवाडी गोदाममा आज दिउँसो भएको आगलागीमा परी एक जनाको मृत्यु भएको छ ।

    आगलागीमा परेर घाइते भई न्युरो अस्पतालमा उपचार गराइरहेका चार जनामध्ये विराटनगर ७ का ३० वर्षीय दिपक मण्डलको मृत्यु भएको हो । मृतक र घाइते कवाडी गोदामकै कामदार हुन् ।

    यस्तै ४ जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइते चारमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

    विराटनगरको सात घुम्ती चोकमा रहेको कवाडी गोदाममा आज दिउँसो एक्कासी आगलागी भएको थियो । आगलागीको कारण पनि खुलिसकेको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images