images
images
  • अफवाह फैलाएको भन्दै यी १८ युट्युब च्यानलमाथि कारबाही

    काठमाडाैं।  प्रेस काउन्सिल नेपालले अफवाहपूर्ण सामग्री सम्प्रेषण गरेको भन्दै थप १८ वटा युट्युब च्यानलमाथि कारबाहीका लागि सिफारिस गरेको छ।

    निराधार, अफवाहपूर्ण, अतिरञ्जितसहितको शीर्षक दिई भ्रम फैलाउने,  कुरीति एवं अन्धविश्वासलाई प्रश्रय दिने तथा अमर्यादित र अश्लील सामग्री सम्प्रेषण गरी आचारसंहिता उल्लंघन गर्नेमाथि कारबाही प्रक्रिया अघि बढाइएको काउन्सिलले जनाएको छ।

    मिडियाअन्तर्गत आबद्ध नभएका सामाजिक सञ्जाल (युट्युब च्यानल)बाट सम्प्रेषित सामग्रीको अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)मा पत्राचार गरिएको  काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहाेराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।  मिडियाअन्तर्गत सञ्चालनमा रहेकाको हकमा पत्रकार आचारसंहिताको व्यवस्थाबमोजिम नै कारबाही प्रक्रिया अगाडि बढाइएको विज्ञप्तिमा उल्लेख छ।

    यसअघि सञ्चारमाध्यमको आवरणमा सर्वसाधारणलाई त्रसित र आतंकित गर्ने सामग्री सम्प्रेषण गरेको भन्दै यही मंसिर ८ गते युट्युबसहितका १७ वटा मिडियालाई २४ घन्टे स्पष्टीकरण सोधिएको थियो।

     

    1 2

    प्रतिक्रिया दिनुहोस्
    images
    images