images
images
  • बैंककाे पैसा लिएर विदेश भाग्न खोज्ने कृषि विकास बैंकका अधिकृतलाई ८ वर्ष कैदको सजाय !

    काठमाडौं । नक्कली नागरिकता बनाई कृषि विकास बैंकमा जम्मा रहेको रकम लिएर देशबाहिर भाग्ने तयारी गरिरहेका अधिकृतलाई विशेष अदालतले सजाय सुनाएको छ। ५ मंसिरमै कसुर कायम भए पनि दोषीहरूलाई बिहीबार सजाय सुनाइएको हो।

    विशेषका अनुसार कृषि विकास बैंकमा शाखा अधिकृत रहेका केदारप्रसाद गौतम र कृष्णहरि थापालाई जनही ८/८ वर्ष कैद सजाय सुनाइएको छ। आठजना प्रतिवादी रहेकामध्ये पाँचजनामाथि कसुर कायम भएको छ भने तीनजनालाई विशेषले सफाइ दिएको छ।

    न्यायाधीशद्वय यमुना भट्टराई र खुसीप्रसाद थारूको इजलासले यस्तो सजाय सुनाएको हो। मुद्दा दायर भएको चार वर्षपछि यस विषयमा फैसला भएको छ।

    गौतम कृषि विकास बैंकको स्वयम्भू शाखामा कार्यरत थिए। जहाँ उनले २०७१ असोजदेखि २०७२ असारसम्मको रकम हिनामिना गरेको भेटिएको थियो। गौतमले तेजबहादुर थापा नामले नक्कली नागरिकता बनाई रेमिटबाट आएको फर्जी कारोबार देखाई बैंकमा विभिन्न आर्थिक गतिविधि गर्ने गरेका थिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images