images
images
  • ३१ यात्रु छुटेपछि नेपाल एयरलाइन्सले माग्यो माफी

    काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले टिकट काटिसकेका ३१ जना यात्रुहरुलाई नचढाई दुबई उडेको विषयमा क्षमा मागेको छ । साथै यसबारे आन्तरिक छानबिन गरी कारबाही गर्न निगमका वाणिज्य विभाग प्रमुखलाई निर्देशन समेत दिएको छ ।

    नेपाल एयरलाइन्सको फ्लाइट नम्बर ‘आरए २२९’ जहाजले बुधबार राति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लिएर दुबई जाने क्रममा सोही उडानमा टिकट काटेका ३१ जना यात्रुलाई काठमाडौंमै छाडेको थियो । ती यात्रुहरुलाई होटलमा लगेर राखिएको थियो । सो सम्बन्धी समाचार बिहीबार बिहान अनलाइनखबरमा प्रकाशित भएको थियो ।

    बिहीबार दिउँसो नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले विज्ञप्ति जारी गरी यात्रुहरुलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै ती सबै यात्रुहरुलाई वैकल्पिक उडानबाट गन्तव्यमा पुर्याउने प्रबन्ध मिलाइएको जनाएका छन् ।

    साथै यस्ता घटना फेरि दोहोरिन नदिन र आन्तरिक छानबिन गरी कारबाही गर्न निगमका अध्यक्ष युवराज अधिकारीले वाणिज्य विभाग प्रमुखलाई विशेष निर्देशन दिएको विज्ञप्तिमा उल्लेख छ ।

    GALMl4YacAA3j P 1

    प्रतिक्रिया दिनुहोस्
    images
    images