images
images
  • आजिआटा एनसेलबाट बाहिरियो, आजिआटाकाे सेयर आचार्य दाजुभाईले किन्ने !

    काठमाडौं ।  मलेसियाको आजियाटा बर्हार्डले एनसेलबाट बाहिरिने निर्णय गरेको छ । एनसेलबाट बाहिरिने उद्देश्यका साथ आजियाटाले यसको सम्पत्ति बिक्रीमा राखेको बुधबार जारी एक विज्ञप्तिमा उल्लेख छ ।

    कम्पनी स्रोतका अनुसार आजियाटाले बिक्री गर्ने सेयर नेपाली साझेदारहरू सतिशलाल आचार्य र सचिनलाल आचार्यले किन्ने तय भएको छ ।

    हाल एनसेलमा आचार्यद्वयको २० प्रतिशत सेयर छ । एनसेलको सम्पत्ति बिक्रीमा राखिएकाले आजियाटालाई १ अर्ब ३० करोड मलेसियन रिंगिट खुद घाटा रहेको विज्ञप्तिमा उल्लेख छ ।

    एनसेलको सेयर ७ वर्ष अगाडि अजिएटाले किनेको थियो । अजिएटालाई स्वीडेनको टेलिया सोनेराले सेयर बेचेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images