images
images
  • एनआरएनएका ३६ विभागीय संयोजक चयन, कसलाई के जिम्मेवारी ?

    काठमाडौँ- गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ३६ वटा समिति गठन गरेको छ। गत महिना सम्पन्न निर्वाचनबाट निर्वाचित नयाँ नेतृत्वले विभागहरूको गठन गरेको प्रवक्ता फणीन्द्र पन्तद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

    एनआरएनए अध्यक्ष डा.बद्री केसीको अध्यक्षतामा आइतबार बसेको अन्तर्राष्ट्रिय परिषद्को बैठकले भूकम्प प्रभावित क्षेत्रको राहत तथा उद्धारमा १ करोड ३० लाख राहत संकलन भएको र ५३ लाखको राहत सामग्री बाँडिएको जनाएको छ । बैठकले अध्यक्ष डा. बद्री केसीको संयोजकत्वमा एक सय मिलियन फन्ड परियोजना गठन गरेको छ ।

    त्यस्तै विभागीय प्रमुखहरूमा स्मार्ट एनआरएनएको संयोजक गौरी राज जोशी, मिडिया समितिको संयोजक फणीन्द्र पन्त,सामाजिक साझेदारी समिति संयोजकमा सुदन थापा र लेखा संयोजकमा इन्द्र लामालाई जिम्मेवारी दिएको छ ।

    त्यस्तै एक एनसीसी एक परियोजना संयोजकमा डा।हेमराज शर्मा,पर्यटन प्रवर्द्धन समितिमा सोम सापकोटा,भाषा साहित्य समितिमा भिमकमल केसी,संस्कृति सम्पदा समितिमा प्रविन गुरुङ संयोजक तोकिएका छन् ।

    बैठकले वैदेशिक रोजगार राहत कोष समितिमा राज रेग्मी,सामाजिक सुरक्षा कोष समितिमा मनोज श्रेष्ठ,व्यापार र लगानी प्रवर्द्धन समिति संयोजकमा डा. केशव पौडेललाई जिम्मेवारी दिएको छ । नेपाली नागरिकता निरन्तरता समितिको संयोजकमा रामशरण सिम्खडा तोकिएका छन् ।

    बैठकले नेपाली राष्ट्रिय क्रिकेट निम अन्तर्राष्ट्रिय टी–२० मा छनौट भएकोमा खेलाडीको सम्मानका लागि संघको तर्फबाट १० लाख नगदसहित सम्मान गर्ने निर्णय समेत गरेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images