images
images
  • भरतपुर महानगरमा सीप बिकास तथा जिबिकोपार्जन तालिम सम्पन्न

    भरतपुर-भरतपुर ग्रामिण महिला बिकास केन्द्रको आयोजना र हेल्पिङ ह्याण्ड फर रिलिफ एण्ड डेभलपमेन्ट नामक अमेरिकन गैर सरकारी संस्थाको सहयोगमा भरतपुर महानगरमा सीप बिकास तथा जिबिकोपार्जन कार्यक्रम सम्पन्न भएको छ । गएको भाद्र ३ गतेबाट सञ्चालित कार्यक्रमको यहि कार्तिक २५ गते भरतपुर महानगर पालिका वडा नं ५ मा अवस्थित श्री नमुना कल्याणकारी आश्रममा सम्पन्न भएको हो ।

    समापन कार्यक्रमको सभापतित्व ग्रामिण महिला बिकास केन्द्रका अध्यक्ष छली कुमारी शर्माले गरेका थिए भने प्रमुख अतिथी महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका पुर्व मन्त्री माननिय उमा रेग्मी थिइन् ।

    उक्त कार्यक्रममा हेल्पिङ ह्याण्डका तर्फबाट नेपाल प्रमुख सैय्यद खालिद मोहसिन, कार्यक्रम ब्यबस्थापक जीव कुमार पोखरेल र कार्यक्रम संयोजक अरीफ अन्सारीपनि आउने योजना भए पनि जाजरकोट केन्द्र बिन्दु बनाएर गएको भकुम्पका कारण उद्दार र राहतमा संलग्न भएर उद्दार तथा राहत वितरणका कारण प्रतिनिधि मात्र पठाए पनि उहाँहरु उपस्थित हुन नसकेको कुरा कार्यक्रमका संयोजक टेक नारायण चापागाईंले जानकारी जानकारी दिए ।

    हाल संस्थाले भरतपुर महानगरपालिका वडा नं १० मा रहेको देवी ब्युटिपार्लर तथा सिलाई तालिम केन्द्रमा २० महिलालाई र भरतपुर वडा नं १६ मा रहेको अलि मिया वेलफेयर ट्रष्टको कार्यालयको हलमा १६ जना गरि जम्मा ३६ जना महिलाहरुलाई निशुल्क सिलाई तालिम दिएको थियो भने भरतपुर महानगर पालिका वडा नं ३ मा रहेको इन्टरनेशनक स्कुल अफ होटल म्यानेजमेन्ट चितवन प्राली मा होटेल असिस्टेन्ट अन्तर्गत २० जना प्रशिक्षार्थीका लागि वेटर तालीम सञ्चालन गरेको थियो । अलि मिया वेलफेयर ट्रष्टमा सञ्चालित सिलाई कार्यक्रममा सोही संस्थाले १६ मध्य ८ वटा मेसिन तथा निशुल्क हल भाडा तथा ब्यबस्थापनको कामको जिम्मा लिएर सहयोग गरेको थियो ।

    ग्रामिण महिला बिकास केन्द्रले यस अघि पनि सीप बिकास तथा जिबिकोपार्जन कार्यक्रम अन्तर्गत ISHM मै १५ जना प्रशिक्षार्थीहरुलाई बेकरी तालिम तथा रत्ननगर नगरपालिका वडा नं ५ का गरीब तथा पिछडिएका परिवारका २० जना युवाहरुलाई वडा नं २ मा रहेको एक्ज्याक्ट रिफ्रेस स्टडी सेन्टर टाँडीमा कम्प्युटर अपरेटर तालिम दिइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images