काठमाडौं। नेपाल प्रहरीका ३१ जना प्रहरी नायव निरीक्षक (सई) लाई बढुवाका लागि सिफारिस भएका छन्। बढुवा समिति मंगलबार बसेको बैठकले प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, संचारतर्फका प्रहरी सहायक निरीक्षकहरुलाई सोही समूह, उपसमूहतर्फको प्रहरी नायव निरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको हो।
नेपाल प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार इन्जिनियरिङ समूहको सञ्चारतर्फका २८ प्रहरी सहायक निरीक्षक (असई) हरुलाई सई बढुवाका लागि सिफारिस गरिएको छ।
त्यस्तै स्वास्थ्य उपसमूहको २ जना असई सईका लागि सिफारिस गरिएको छ।
सूची
प्रतिक्रिया दिनुहोस्






















