images
images
  • चिनी किलोको ११५ रुपैयाँभन्दा बढी लिए उजुरी गर्न वाणिज्य विभागको आग्रह

    काठमाण्डौ- वाणिज्य आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले चिनीको मूल्य किलोको ११५ रुपैयाँभन्दा बढी लिएमा जानकारी दिन उपभोक्तालाई आग्रह गरेको छ । वाणिज्य विभागका महानिर्देशक तीर्थराज चिलुवालले किलोको ११५ रुपैयाँभन्दा बढी लिए विभागमा उजुरी दिन उपभोक्तालाई आग्रह गरेका छन् ।

    काठमाण्डौ उपत्यकामा उद्योगीसँग खरिद गरेको चिनी बजारमा आउन थालेसँगै कारोबार केही सहज बन्न थालेको छ ।

    उद्योगीसँग खरिद गरेको चिनी बजारमा आउन थालेसँगै सहज हुन थालेको नेपाल खुद्र व्यापार र्संघले जनाएको छ । संघका कार्यवाहक अध्यक्ष नरेशबाबु शाहीले बुधबार प्रति बोरा ५० किलोका ३ सय ८५ बोरा चिनी बजार पठाइएको जानकारी दिए ।

    बिहीबार ३ सय ८२ बोरा चिनी गएको छ । थप चिनी आज बजारमा जाने उनले बताए । उनका अनुसार काठमाण्डौ उपत्यकाका सबै ठाउँमा चिनी पुर्याउन उपत्यकामा रहेका संघका सबै प्रतिनिधिलाई खटाइएको छ । यसरी बजारमा गएको चिनीको मूल्य किलोको ११५ रुपैयाँ तोकिएको छ ।

    बजारमा चिनीको अभाव भएपछि चिनी उद्योगी र व्यापारीबीच छलफल गरेर पेय पदार्थहरूका लागि खरिद गरिएको चिनी खुद्रा व्यापारीले खरिद गरी बिक्री गर्ने व्यवस्था मिलाएको हो ।

    विभागसँगको समन्वयमा नेपाल खुद्रा व्यापार संघले चिनी बिक्री गर्न थालेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images