images
images
  • १० दिन पनि टिकेन द्रूत बसका लागि सडकमा लगाइएकाे ३ करोडको रातो रंग

    काठमाडाैं- संविधान दिवसको अवसर पारेर तामझामका साथ काठमाडौंको रत्नपार्क देखि भक्तपुरको सुर्यविनायकसम्म सञ्चालनमा ल्याइएको द्रूत बस सेवाका लागि सडकमा रातो रंग लगााउन र संकेत मात्रै सरकारी कोषबाट करिब तीन करोड १० लाख खर्च हुने भएको छ ।

    सूर्यविनायकसम्म रंग लगाएको र संकेत लेखिएको बिल भुक्तानी गर्न भौतिक पूर्वाधार मन्त्रालय मातहतको सडक विभागको कार्यालयमा फाइल पुगेको छ । यस रुटमा रंग लगाउन र संकेत लेख्न चारवटा कम्पनीलाई जिम्मा दिइएको छ । कम्पनीले त्यसको बिल सडक विभागलाई बुझाएका छन् । यद्यपि, अझै बिल भुक्तानी भइनसकेको विभागका कर्मचारी बताउँछन् ।

    तीन करोड १० लाख रूपैयाँ खर्च गरेको लगाएको रंग १० दिनमै ठाउँठाउँमा उप्किएको विभागकै इञ्जिनियरहरू स्वीकार गर्छन् । द्रूत बस सेवा सञ्चालनको लागि छुट्टै लेनको संकेत गर्न रातो रंग लगाइएको हो । रातो रंग र संकेत लेख्ने काम रत्नपार्कदेखि जडिबुटीसम्म काठमाडौं सडक डिभिजन कार्यालय र जडिबुटीदेखि सूर्य विनायकसम्म, सूर्यविनायक, धुलिखेल– सिन्धुली–बर्दिवास सडक आयोजनाले गरेको हो ।

    काठमाडौं सडक डिभिजन कार्यालयका अनुसार रत्नपार्कदेखि जडिबुटीसम्म रातो रंग लगाउन के एएम कन्स्ट्रक्सन तथा अनिता बिजनेस हाउस पुतलीसडकलाई जिम्मा दिइएको थियो । यसैगरी, रत्नपार्कदेखि जडिबुटीसम्म साइनपोष्ट र साइनबोर्ड (रातो रंगभित्र लेखिएका अक्षर र बोर्ड) लेख्न सौरभ आटर्स एन्ड मिडिया सर्भिसेजसलाई जिम्मा दिइएको थियो ।

    यसैगरी, काठमाडौंको जडिबुटीदेखि भक्तपुरको सूर्य विनायकसम्म नयाँ युग प्रालिले रंग लगाएको हो । जडिबुटीदेखि सूर्य विनायकसम्म साइन पोष्ट र साइनबोर्ड बनाउने काम पनि सोही कम्पनीलाई जिम्मा दिइएको थियो भने सूर्यविनायक, धुलिखेल सिन्धुली बद्रीबास सडक आयोजनाका सिनियर डिभिजन इञ्जिनियर (सिडिइ) नारायण लामिछानेले जनाए । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images