images
images
  • आन्दोलनरत स्थानीय तहका कर्मचारीसँग वार्ता गर्न सरकारले बनायाे समिति

    काठमाडौं- आन्दोलनरत स्थानीय तहका कर्मचारीसँग वार्ता गर्न सहसचिव कमल भट्टराईको संयोजकत्वमा सरकारले समिति गठन गरेको छ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार (आज) मन्त्रालयका सहसचिव भट्टराईको संयोजकत्वमा ४ सदस्यीय वार्ता समिति गठन गरेको हो।

    समितिको सदस्यमा मन्त्रालयकै सहसचिव नारायण प्रसाद अर्याल, कानुनका उपसचिव टङ्क बहादुर महत, प्रशासनका उपसचिव खिलराज राई रहेका छन् ।

    वार्ता आजै गरिने जनाइएकाे छ।

    स्थानीय तहका कर्मचारीहरुले दैनिक काठमाडौंको माइतीघर मण्डलादेखि बानेश्वरसम्म नियमित प्रदर्शन समेत गर्दै आएका छन् । १५ असोजदेखि सडक आन्दोलन थालेका स्थानीय तहका कर्मचारीले १९ असोजदेखि नियमित कामकाज समेत रोक्दै आएका छन् ।

    स्थानीय तहका कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहबाटै बनाउने व्यवस्था गर्न, स्थानीय तहमा पनि ट्रेड युनियन अधिकार दिन, अन्तर तह सरुवा लागु गर्न, समायोजन भएका कर्मचारीको उचित व्यवस्थापन गर्न र स्थानीय तहमा कर्मचारी कल्याण कोष अनिवार्य गर्न माग गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images