
काठमाडौं- रिगल भनिने योगराज ढकाललाई कैद मिनाहा गर्ने निर्णय विरुद्धको रिटमा पूर्ण इजलासमा सुनुवाइ सुरु भएको छ। सर्वोच्च अदालतमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ सुरु भएको हो ।
रिगलले ०७२ साल असार २८ मा नेपालगंजका चेतन मानन्धरलाई सुर्खेत रोडमा दिउँसै खुडा प्रहार गरी हत्या गरेका थिए।
जेल सजाए पाएका ढकाललाई करिब १२ वर्ष कैद बाँकी रहँदै कैद मिनाहा गरिएको भन्दै भारती शेर्पाले सर्वोच्चमा असोज २२ गते रिट दायर गरेकी थिइन्। उनले कैद मिनाहाको निर्णय खारेज गर्दै रिगललाई पक्राउ गर्ने आदेश माग गरेकी छन् । भारती रिगलले हत्या गरेका चेतन माननन्धरकी तत्कालीन श्रीमती हुन्।
यसअघि गत बिहीबार प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले रिगललाई माफी दिने निर्णयमा गम्भीर चासो देखाएको थियो।
असोज १८ गते, सर्वोच्च अदालतका न्यायाधीश मनोज शर्माको इजलासमा भएको सुनुवाइमा कानुन व्यवसायीहरुले राज्यले कैद मिनाहा कसका लागि र कसरी दिनसक्ने भन्ने प्रसंग उल्लेख गर्दै कैद मिनाहा गर्ने राष्ट्रपतिको अधिकारमाथि प्रश्न उठाएका थिए।
नेपाली कांग्रेसको भातृ संगठन तरुण दलमा आबद्ध गुण्डा नाइके ‘रिगल’ले सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट कैद मिनाहाको सुविधा पाएका हुन्। संविधान दिवसको दिन कैद मिनाह भए पछि उनी जेलमुक्त भएका थिए।
प्रतिक्रिया दिनुहोस्