काठमाडौं- उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु संक्रमण भएको छ।
डेंगु संक्रमण पुष्टि भएपछि उनी बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना भएका छन् ।
उनका निजी चिकित्सक शिवजी सिलवालका अनुसार अहिले भने स्वास्थ्यमा तुलनात्मक सुधार भएको छ ।
उपराष्ट्रपति यादव सोमबारदेखि नै अस्वस्थ थिए । निवासमै उपचार गरिरहे पनि ठीक नभएपछि बुधबार साँझ सिभिल अस्पतालमा भर्ना गरिएको थियो ।


विश्व खबर 




















प्रतिक्रिया दिनुहोस्