
काठमाडौं- काठमाडौं । नेकपा (एमाले)को सुदूरपश्चिम प्रदेश अधिवेशनको नेतृत्व चयनका लागि आज मतदान हुँदै छ । हिजो सार्वजनिक निर्वाचन कार्यतालिका अनुसार आज मतदान हुनेछ ।
कार्यतालिकाअनुसार मंगलबार (आज) बिहान ७ बजेदेखि ९ः३० बजेसम्म उमेदवारी दर्ताको कार्यक्रम छ । यद्यपि, उमेदवारी दर्ता केही समय ढिलो हुने भएको छ । मतदान बेलुका ५ बजे हुनेछ ।
सुदूरपश्चिमको नेतृत्व लिन तीन जना नेताहरू अध्यक्षको आकाक्षी छन् । बचनबहादुर सिंह, कमल तिमिल्सेना र कृष्णप्रसाद जैसी अध्यक्षका आकांक्षी छन् ।
अधिवेशन उद्घाटन गर्न धनगढी पुगेका अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिए पनि यहाँ सहमति हुन नसकेकाले चुनाव हुने प्रायःनिश्चित छ ।
प्रतिक्रिया दिनुहोस्