images
images
  • सिसापाङ्मा हिमालमा हिमपहिरो : १ नेपालीसहित २ जनाको ज्यान गयो, कीर्तिमानी आरोही तेन्जेन लामा बेपत्ता

    काठमाडौँ – चीनको तिब्बतमा रहेको सिसापाङ्मा हिमालमा गएको हिमपहिरोमा परेर एक जना नेपालीसहित दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा नेपाली आरोही मिङमार शेर्पा र एक जना अमेरिकी महिला आरोही रहेका छन् ।

    यस्तै नेपालका विश्व कीर्तिमानी आरोही तेन्जेन लामा र एक जना अमेरिकी महिला आरोही बेपत्ता भएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । तेन्जेन लामाले गएको साउनमा ९२ दिनमै विश्वका अग्ला १४ वटा हिमालको आरोहण गरेर कीर्तिमान बनाएका छन् ।

    सिसापाङ्मा हिमालमा हिजो शनिवार दिउँसो सात हजार छ सय मिटरमाथि हिमपहिरो गएको हो ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images