images
images
  • गैह्रीगाउँ हत्या प्रकरण: प्रहरीले गर्‍यो सञ्जय भण्डारीको ‘ब्रेन म्यापिङ’

    काठमाडौं- प्रहरीले सञ्जय भण्डारीको ‘ब्रेन म्यापिङ’ गरेको छ । काठमाडौंको गैह्रीगाउँमा चारजनाको हत्या आरोपमा पक्राउ परेका सिन्धुपाल्चोकका २३ वर्षीय भण्डारीको ब्रेन म्यापिङ गरिएको हो ।

    प्रहरीसमक्ष उनले गैह्रीगाउँबाहेक विभिन्न ठाउँमा हत्याका घटना घटाएको बयान दिएका थिए । सोही कारण ब्रेन म्यापिङ गरिएको हो ।

    पोलियोग्राफी परीक्षण गर्न उनी बोल्न नसक्ने भएकाले बे्रक म्यापिङ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । ब्रेन म्यापिङबाट उनको मानसिक अवस्थाबारे जानकारी हुन्छ ।

    गएको भदौ २९ गते गैह्रीगाँउस्थित दिव्य सःमिलमा दोलखाका कुमार भुजेलसहित उनकी श्रीमती, आमा र धनकुटाका १९ वर्षीय नवीन राईको हत्या आरोपमा उनी पक्राउ परेका हुन् ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images