images
images
  • रिगलकाे आममाफीविरुद्धकाे रिट न्यायाधीश शर्माको इजलासमा

    काठमाडौं- व्यक्ति हत्याका अभियुक्त नेपालगञ्जका रिगल भनिने योग ढकाललाई आममाफी दिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिट न्यायाधीश मनोजकुमार शर्मा को एकल इजालसमा सुनुवाइ हुने भएकाे छ।

    रिगलले खुँडा प्रहार गरेर हत्या गरिएका नेपालगन्जका चेतन मानन्धरकी पत्नी भारती मानन्धरले गत आइतबार सर्वोच्च अदालतमा दायर गरेकाे रिटमाथि सुनुवाइका लागि शर्मा को एकल इजालसमा आज पेसी तोकिएको हाे।

    भारतीले रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन्।

    आफ्ना पतिको जघन्य हत्यामा संलग्न ढकालको कैद सजाय माफी मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर गरेर उनलाई फेरि कैदमा पठाउन भारतीले माग गरेकी छन् । उनले ढकालको कैद मिनाहाको सिफारिस गर्ने जिल्ला कारागार र जिल्ला प्रशासन कार्यालय दाङ, गृह मन्त्रालय, महान्यायाधिवक्ता कार्यालय र कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय पनि बदर गर्न माग गरेकी छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images