images
images
  • गौशालामा एक व्यक्तिमाथि चक्कु प्रहार, घटनास्थलबाट पेस्तोल बरामद

    काठमाडौं- काठमाडौंको गौशाला एक व्यक्तिमाथि चक्कु प्रहार भएको छ ।

    कालिमाटी डोल भन्ने ठाउँमा पिके डाइग्नोसिस सेन्टर सन्चालन गर्दै आएका साजन हुसेनको भाई साविर हुसेनलाई चक्कु प्रहार गरेर २ जना फरार भएको प्रहरीले जनाएको छ।

    उनीमाथि चक्कु प्रहार भएको जानकारी पाएपछि प्रहरी पुग्दा घटनास्थलबाट एक थान पेस्तोल बरामद भएको प्रहरी वृत्त गौशालाका डिएसपी केशव थेबेले जानकारी दिए ।

    चक्कु प्रहार गर्ने व्यक्ति फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    घाइतेको खुट्टामा चोट लागेको छ। घटनास्थलबाट एउटा कटुवा पेस्तोल पनि बरामद भएको छ। घाइतेको केएमसी अस्पतालमा उपचार भइरहेको छ।

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images