images
images
  • जलहरी प्रकरण : सदस्यसचिवसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडाैं । पशुपतिनाथ मन्दिरमा लगाइएको सुनको जलहरीमा अनियमितता पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोषका ३ जना अधिकारीविरुद्ध आइतवार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    कोषका सदस्य सचिव डा. मिलनकुमार थापा, तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालसहित ३ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

    सदस्यसचिव थापा, पूर्वसदस्य सचिव ढकाल र स्टोरकिपर अरुणकुमार श्रेष्ठविरुद्ध १ करोड १७ लाख १ हजार ७ सय ८१ रुपैयाँ बिगो दाबी गरिएको छ ।

    पशुपतिमा चढाइएको सुनको जलहरी सम्बन्धमा अख्तियारले तौल नापजाँच गरेर अनुसन्धान गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images