काठमाडौं । उद्योगपति विनोद चौधरीको भारतको जयपुरस्थित कम्पनीमा भारतीय आयकर विभागले छापा मारेको छ। चौधरीको त्यहाँस्थित लभमा आयकर विभागका अधिकारीले छापा मारेकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
विभागले चौधरी ग्रुप (सिजी)को जयपुरमा रहेका तीन कम्पनीमा छापा मारेको हो। विभागले दौसा र सिकरमा पनि विभागले छापा मारेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
आयकर विभागले पाएको गोप्य सूचनाका आधारमा उनको कम्पनीमा छापा मारिएको हो। यसपछि भारतका अन्य सहरमा रहेका उनका कम्पनीमा रेड सुरु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
यो कारवाहीको नेतृत्व गुवाहाटीका आयकर अधिकारीले गरेका हुन्। उनले सिजी फुड इन्डिया प्रालि र सिजीका त्यहाँस्थित अन्य कम्पनीको डकुमेन्ट लिएर अनुसन्धान थालेकाे जनाइएकाे छ।
प्रतिक्रिया दिनुहोस्






















