images
images
  • सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ फेरि पनि स्थगित

    काठमाडौं-  क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणी (बलात्कार)को मुद्दाकाे सुनुवाइ स्थगित भएको छ। जिल्ला अदालत काठमाडौंले लामिछाने विरुद्धको मुद्दा स्थगितको सूचीमा राखेको हो। आइतबार पेसी हुने भनिए पनि अदालतले स्थगितको २६ नम्बर सूचीमा लामिछानेको मुद्दा राखेको छ।

    यसअघि असोज १ गते सोमबार पेसी रहे पनि न्यायाधीश अभावका कारण सुनुवाइ नभएर स्थगित भएको थियो। सन्दीप विरुद्धको बलात्कारको मुद्दामा यसअघि पटक-पटक अन्तिम फैसलाका लागि पेसी तोकिए पनि फैसला नभई सर्दै आएको छ।

    असोज १ गते अगाडि सन्दीपको मुद्दामा भदौ २१ गतेका लागि पेसी तोकिएको थियो। उक्त दिन काठमाडौं जिल्ला अदालतका न्यायाधीश सकुन्तला कार्कीको इजलासले पीडित किशोरी (गौशाला २६)को यकिन जन्ममिति जनाउने कागज माग्ने आदेश गरेको थियो।

    गतसाता न्यायाधीश अभावका कारण स्थगित भएको मुद्दा आइतबारका लागि पेसीमा राखिएको थियो । यो मुद्दामा जिल्ला अदालतले मगाएका सबै कागजात प्राप्त भइसकेका छन् ।

    १७ वर्षकी एक किशोरीले आफूमाथि काठमाडौंको एक होटलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images