images
images
  • पत्रु पत्रकारलाई पुरस्कार दिएको प्रेस सेन्टरको आरोप, प्रेस काउन्सिलको कार्यक्रम बहिस्कार गर्ने

    काठमाडौं- प्रेस काउन्सिल नेपालले वार्षिकोत्सवको अवसरमा प्रदान गर्ने पुरस्कारका विषयमा चर्को विवाद देखिएको छ । काउन्सिलले आफ्नो ५४ औं वार्षिकोत्सवको अवसरमा आज वितरण गर्न लागेको सम्मान र पुरस्कारबारे पत्रकारिता क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूबाट निरन्तर विरोधका अभिव्यक्ति आइरहेका छन् ।

    त्यसै क्रममा सत्तारुढ दल नेकपा (माओवादी केन्द्) निकट पत्रकार संगठन प्रेस सेन्टरले शनिबार हुने वार्षिकोत्सवको कार्यक्रम नै बहिस्कार गर्ने भएको छ । सेन्टरका महासचिव सन्तोष पौडेलले प्रेस काउन्सिलको गतिविधि साझा संस्थाको जस्तो नभइ अमूक पार्टीको झोले संगठनको जस्तो भएकाले आफूहरूले कार्यक्रम बहिस्कार गरेको बताए । यस विषयमा उनले सामाजिक सञ्जालमा समेत पोष्ट गरेका छन् । फेसबुकमा उनले लेखेका छन्, ‘प्रेस काउन्सिल जस्तो साझा संस्थाको गतिविधि, रबैया, पुरस्कार छनौट र नाम सार्वजनिक गरेको हेर्दा एउटा अमुक पार्टीको झोले संगठन भन्दा माथि देखिएन ।’

    काउन्सिलले एकाध योग्य पात्र बाहेक सबै आसेपासे, भजनमण्डली र पत्रु पत्रकारहरूलाई पुरस्कृत गरेको आरोप लगाएका छन् । यस्तो गतिविधिका कारण प्रेस काउन्सिल संस्था र त्यसको नेतृत्व साझा र सम्मानित संस्था बन्न नसकेको कारण प्रेस सेन्टर आजको वार्षिकोत्सव कार्यक्रममा सहभागी नहुने निर्णय भएको उनले जानकारी दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images